घरैेंमा बसी बसी मौरीपालनबाट लाखौं आम्दानी

:ofªhf, @) c;f/ -/f;;_ jflnª gu/kflnsf !) es'08] kmnaf/L]l:yt d~h' s];Ln] cfkmg} 3/sf] 5tdf kfn]sf] df}/Lsf] dxsf] rfsf b]vfpb} . s];Ln] 3/sf] 5tdf !% 3f/ df}/L kfn]/ Ps jif{df sl/a ? b'O{ nfvhlt dx a]r]/ cfDbfgL ub{} . t:jL/M lxdnfn k/fh'nL

स्याङ्जा। रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ । वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा छन् ।

घरको छत तथा बार्दलीमा आधुनिक मौरीका घार राखेर मौरीपालन गर्दै आएकी केसीले कम मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले यो व्यवसायलाई विस्तार गर्न लागेका हुन् । हाल १५ घार मौरी पाल्दै आएकी उनले वार्षिक करीब रु दुई लाख कमाउँदै आएको बताउँछन् । वालिङ नगरपालिका– १० नं वडा कार्यालयले मौरीपालन गर्ने किसानका लागि तालीम दिएपछि आफूमा थप हौसला मिलेको केसीले बताए ।

वडाध्यक्ष अनन्तराज गैरेले किसानका लागि आवश्क तालीमका साथै कृषि औजार उपलब्ध गराउँदै आएको बताए । पूर्वशिक्षक वालिङ– ११ डौवाका श्याम अर्याल पनि मौरीपालन व्यवसायमा रमाउँदै आएकाछन् । आफ्नै घरमा मौरीपालन गरेका उनले यो व्यवसायबाट वर्षमा रू आठ-दश लाखसम्म कमाउन गारो नहुने बताए । बिहान उठेदेखि साँझसम्म मौरीसँगै रमाउने अर्यालको घरको बार्दली, आँगनदेखि घर अगाडि रहेको बारीमा टन्नै रहेका मौरीका घार र मौरीको घाइघुइ आवजले त्यहा पुग्ने जो कोहीको मनलाई आनन्दित तुल्याउँछ ।

विसं २०६१ मा एक घार मौरी पाल्न शुरु गरेका अर्यालका अहिले ८० घार मौरी छन् । मौरी पाल्न चाहनेलाई मौरीका घारसमेत बेच्ने भएकाले मौरीका घारको सङ्ख्यामा घटबढ भइरहने उनले बताए । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका अर्यालले मौरी पालन गर्न चाहानेका लागि सल्लाह सुझावसमेत दिँदै आएकाछन् । जिल्लामा करीव १५० किसानले मौरीपालन गर्दै आएका छन् । रासस

You might also like