पत्रकार रवि लामिछानेसहित ३ जनालाई थप ५ दिनको म्याद थप

काठमाडौंः माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछानेसहितका ३ जनलाई दोस्रो पटक म्याद थप गरिएको छ ।

मंगलबार चितवन जिल्ला अदातमा पेस गरिएका उनीहरुलाई न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका थिए भने प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरेका थिए।

You might also like