शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, त्रुटि भए सच्याउन ३ दिने म्याद

भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजजिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ ।

साथै, बैंक राजश्व रकम  नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ ।

अनलाइनबाट परीक्षा फारम भरेकामध्ये ईमेलमा कन्फरमेसन  प्राप्त गर्न नसकेका अधिकांश उम्मेदवारहरुको विवरण संशोधन गर्ने र बैंक कारोवार संकेत नम्बर सवमीट गर्ने कार्य सकिएको समेत आयोगले जनाएको छ ।

त्यसक्रममा कतिपयको विवरण खाली देखिएकाले उनीहरुले आफ्नो पुरा विवरण भरेपछि मात्रै प्रवेशपत्र हेर्न सक्ने समेत आयोगले स्पष्ट पारेको छ । साथै, आयोगमा निवेदन र भौचर पठाउने उम्मेदवारहरुको  युजरनेम यथावत राखिएको र पासवर्ड परिवर्तन गरी फारम भर्दा उल्लेख गरिएको मोवाइल नम्बर कायम गरिएको समेत आयोगले जनाएको छ ।

हेर्नुहोस् आयोगको सूचना

You might also like