१५ वटा बैंकको सिष्टम ह्याक, देशैभरिका एटिएम बन्द

काठमाडौं । बैंकिङ सफ्टवयेर निर्मार्ता कम्पनी नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) मा आबद्ध भएका १५ वटा बैंकको बैंकिङ सिष्टम ह्याक भएको छ । सिष्टम ह्याकसँगै देशैभरिका सयौं एटिएम काउन्टरहरु अबरुद्ध हुन पुगेका छन् । तीजको अघिल्लो दिन बैंकिङ सिष्टम ह्याक भएसँगै सर्वसधारण ठूलो मर्कामा परेका छन् । तीजमा चेलीबेटीलाई सपिङ गर्नेहरु एटिएम बन्द हुँदा ठूलो मर्कामा परेका छन् । सिष्टम ह्याक हुनेहरु कुन कुन बैंक हुन भन्ने खुल्न सकेको छैन ।

बैंकिङ क्षेत्रमा सञ्चालनमा ल्याइएको डिजिटल भुक्तानी सेवा प्रदान गर्ने सर्भरको काम गर्ने नेप्स नामक कम्पनीले भिषा कार्ड र डेबिट कार्ड  बिक्री तथा व्यवस्थापन गर्दै आएको थियो । सोही कम्पनीको च्यानलबाट सिष्टम ह्याक भएको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको छ । साईबर सुरक्षा सम्बन्धी बिज्ञका अनुसार नेप्सकै कर्मचारीको मिलेमतोमा सिष्टम ह्याक भएको हुनसक्छ । यद्यपि प्रहरी अनुसन्धान जारी छ ।

 

You might also like