दशैंको टीका लगाउने साइत १० बजेर ३५ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले विजयी दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिए । यस वर्ष असोज १२ गते (आइतबार)देखि नवरात्र शुरु हुने छ । नवरात्रको पहिलो दिन घटस्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

 

You might also like