‘डेटा प्याकमा’ मूल्य प्रतिस्पर्धाः तीन पैसामै इन्टरनेट !

काठमाडौंः मोबाइलमा इन्टरनेट चलाइरहँदा ब्यालेन्स सकिएको पत्तै नपाउने बाध्यता बेहोर्नुपरेका प्रयोकर्ताका लागि यो शीर्षक पत्यार नलाग्न सक्छ । हुन पनि विश्व औसतको तुलनामा केही महँगो नेपालको इन्टरनेट यति सस्तोमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वास गर्ने आधार दूरसञ्चार सेवा प्रदायकले तयार गर्न सकेका छैनन् । यद्यपी भ्वाइसबाट विस्तारै डेटा बजारतर्फ केन्द्रित हुँदै गरेका टेलिकम कम्पनीबीचको प्रतिस्पर्धाले मोबाइल डेटा प्रतिएमबी तीन पैसासम्म झरेको छ ।

नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमसहित अहिले तीनवटा सेवा प्रदायकले मोबाइल सेवा प्रदान गरिरहेका छन्। यी तीनै कम्पनीले चौथो पुस्ताको इन्टरनेट प्रविधि फोरजी पनि उपलब्ध गराइरको छन् । विशेष अवसर अथवा दिवसहरुमा तीनै कम्पनीबीच सस्तोमा डेटा प्याक बेच्ने होडबाजी नै चल्ने गरेको समाचार आजको गोरखापत्रको अर्थबजारले क पृष्ठमा छापेको छ ।

You might also like