स्रोत नखुलेको ११ लाख रुपैयाँसहित महाकाली सिंचाई आयोजनाका कामु निर्देशक होटलबाट पक्राउ

महाकाली सिंचाई आयोजनाका कामु निर्देशक प्रचण्डदेव विष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
उनलाई काठमाडौं महानगर ११ सुन्धारास्थित इसन होटलबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
बिष्टलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको छ। आयोगले विष्टलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहका अनुसार विष्टलाई १ महिलासहित पक्राउ गरिएको हो। विष्ट दार्चुलाका हुन्।
उनीसँग स्रोत नखुलेको रकम बरामद भएपछि भ्रष्टाचारजन्य कसुर आकर्षित हुने देखिएकोले अख्तियारमा बुझाइएको हो।
उनीसँगै पक्राउ परेकी महिलालाई हाजिरी जमानीमा उपस्थित हुनेगरी आफन्तको जिम्मा लगाइएको शाहले बताए।

You might also like