चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न २३औं साधारण सभावाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल १५२ मत खसेको थियो ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुली ४५ मतमा सीमित भए ।

यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदै निर्वाचित भए ।

सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा सुष्मा कार्की, अनुप भट्टराईलगायत विजय भएका छन् ।

You might also like