काभ्रेमा पहिरो खसेर डोजर पुरियो

काभ्रेमा पहिरोले डोजर पुरेको छ ।  पहिरो हटाउन प्रयोग गरिएको बा २ क ७१८७ नम्बरको जेसिबी पुरिएको हो ।
मंगलबार साँझ अविरल वर्षाका कारण तेमाल गाउँपालिका वडा न. ७ स्थित मेटवाल र काल्धारकाे बिचमा पहिरो खसेको थियो । उक्त पहिरो हटाएर अबरुद्ध बाटो खोल्ने क्रममा डोजर पुरिएको हो। घटनामा मानवीय क्षति भने भएको छैन । अहिले डोजर निकाल्ने प्रयास भैरहेको छ ।
You might also like