काठमाडौं / राधिका न्यौपानेको उपचारमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ । इटहरी निवासी राधिकाको काठमाडौस्थित नेपाल क्यान्सर अस्पतालमा क्यान्सरको उपचार भइरहेको छ । क्यान्सरकै उपचारका क्रममा उनमा पछिल्लो समय Stevens-Johnson Syndrome नामक रोगसमेत देखिएपछि लामो समय आइसियुमा राख्नुपर्ने र जटिल उपचार गर्नुपर्ने भएको र उपचार खर्च पनि धेरै लाग्ने भएकाले सहयोगको आग्रह गरिएको हो ।
अवस्था सुधारोन्मुख रहेतापनि अझै १० दिन आइसियु र एक महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने हसयोग पनि उनका दाइ इटहरीका निराजन रिजालले गरेका छन् । न्यौपानेको परीवारको आर्थिक अबस्था कमजोर भएकाले उपचारका लागी सहयोग गर्न उनले आग्रह गरे ।
ग्लोबल आइएमई बैंकको गोठाटार शाखास्थित बिरामीकै नाममा सहयोग गर्न आग्रह गरेका छन् ।उनको खाता नम्बर यस्तो छ खाता नम्बर: C807010000852
खातावालाको नाम: राधिका न्यौपाने,
बैंकको नाम : Global Ime bank,
शाखा : गोठाटार