यो हप्ता भद्रगोल सार्बजनिक नहुनुको यस्तो छ कारण…

काठमाडौँ – नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोलको श्रावण ३ गतेको अंक नआएपछी दर्शकहरुमा छटपटी बढेको छ । सदाझै सुक्रबार राती सिरियत अपलोड होला र हेरौला भनेर बसेका थुप्रै दर्शक सनिबार मध्यान सम्ममा समेत भद्रगोलको २ सय २० भाग हेर्न नपाँउदा निराश बनेका छन् ।खास के कोरणले भद्रगोल आएन त ? भनेर हामीले (ज्रिग्री) संग कुरा गरेका थियौ ।

ज्रिग्रीका अनुसार आर्थिक बर्ष समाप्त भएर नयाँ आर्थिक बर्ष सुरु भएका कारण सम्झौता नविरकणको प्रकृयाले गर्दा यो हप्ता भद्रगोल नआएको हो ।

अर्को हप्ताबाट निर्धारित समयमै भद्रगोल दर्शकले हेर्न पाउने भन्दै दर्शकहरु सामु २ सय २० भाग लिएर छिटैनै आउने प्रतिकृया दिएका छन् ।

मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुविचमा हरेक आर्थिक बर्षको अन्त्य संगै सम्झौता नविकरण गर्नु पर्ने प्रावधानकै काँरण यो हप्ताको भद्रगोल प्रभावित भएको बुझिएको छ ।

You might also like