चलचित्र ‘प्रेम गीत ३’ को यति बेला प्री प्रोडक्सनको काम भइरहेको छ । कलाकारको छनौट र चलचित्र युनिटको तयारी पछि चलचित्र ‘प्रेम गीत ३’ मेकिङमा जुटेको हो । यति बेला चलचित्रको लागी फ्लाईन्ङ हर्स इन्स्टिट्युटमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, कृष्टिन गुरुङ, मनिष राउत, सन्तोष सेन लगायतले हर्स राइडिङको कोर्स गरिरहेका छन् ।

आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दै छन् । चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा लगायतको अभिनय रहने छ । सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् ।

सुरु भयो 'प्रेम गीत ३'को मेकिङ घोडा दौड सिक्दै कलाकारसुरु भयो 'प्रेम गीत ३'को मेकिङ घोडा दौड सिक्दै कलाकार

‘अ फर्बिडन लभ स्टोरी’ नाम दिइएको चलचित्र हिमाली भेगको परिवेशमा छायाङ्कन गरिने छ । चलचित्रको लागी अभिनेता प्रदीप अलि भिन्न लुक्समा देखिएका छन् तर अझै पनि उनको भूमिकाको बारेमा केही खुलाइएको छैन ।