सामाजिक सञ्जालमा तपाईं कति घन्टा बिताउनु हुन्छ ? यस्तो छ विश्वको तथ्यांक

काठमाडौं : सामाजिक सञ्जाल संसार भरका मानिसहरुको जीवनको अभिन्न अंग जस्तै बनिसकेको छ । यसका प्रयोगकर्ता प्रत्येक दिन बढिरहेका छन् । बच्चादेखि वृद्धसम्म सामाजिक सञ्जालमा झुमिने क्रम बढेको पछिल्ला तथ्यांकहरुले देखाएको छ । अधिकांश व्यक्तिहरु फुर्सदको समयमा विशेष गरी मोबाइल फोन चलाउनै ब्यस्त हुन्छन् ।

पछिल्लो तथ्यांक अनुसार विश्वको कुल जनसंख्याको ३ अर्ब ५० करोड भन्दा बढी मानिसहरु सामाजिक सञ्जालका प्रयोगकर्ता बनेका छन् । यो विश्वको कुल जनसंख्याको ४६% हो । विश्वको जनसंख्या ७ अर्ब ६७ करोड भन्दा बढी छ । औसतमा १ जना व्यक्ति ९ वटासम्म समाजिक सञ्जालमा एक्टिभ हुने गर्छन् ।

पछिल्लो एक तथ्यांकका अनुसार सामान्यतयः १ जना व्यक्तिले औसतमा दैनिक २ घन्टा १६ मिनेट सामाजिक सञ्जालमा बिताउने गरेका छन् । जबकी फिलिपिन्सको तथ्यांक भने अन्य मुलुकहरुको तुलनामा केही फरक छ । त्यहाँका मानिसहरु प्रतिदिन औसत ४ घन्टा समाजिक सञ्जालमा ब्यस्त हुन्छन् । तर जापानका नागरिकहरु भने दैनिक औसतमा जम्मा ३६ मिनेट मात्र सामाजिक सञ्जाल प्रयोग गर्दछन् ।

विश्वमै सबैभन्दा धेरै प्रयोग हुने समाजिक सञ्जालमा फेसबुक रहेको छ । यस्तै, प्रतिमहिना १ अर्ब भन्दा बढी प्रयोगकर्ता हुने समाजिक सञ्जालको संख्या ६ वटा रहेको छ । नेपालको सन्र्दभमा हेर्दा फेसबुक म्यासेन्जरका प्रयोगकर्ता सबैभन्दा बढी हुने गरेका छन् ।

१३ वर्ष भन्दा माथि उमेर समूहका आधारमा भने मलेसिया, फिलिपिन्स, ताइवान र अमेरिकाका नागरिक सबैभन्दा बढी सामाजिक सञ्जालमा झुमिने गर्छन् । यी देशका (१३ वर्ष माथिका) जनसंख्याको ९९% नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्छन् ।

(एजेन्सीहरुको सहयोगमा) 
You might also like