प्रदेश ३ को पाँच स्थानमा विषादी परीक्षण प्रयोगशाला

हेटौंडा । प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशाला उद्घाटन गरेको छ । प्रयोगशालाको प्रदेश ३ को कार्यालयको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गरेका हुन्।

विषादी अवशेष परीक्षण प्रयोगशाला प्रदेश ३ को कार्यालय उद्घाटनसँगै पाँचवटा जिल्ला प्रयोगशाला स्थापना गर्नको लागि आवश्यक सामग्री समेत वितरण गरिएको छ ।

प्रदेशको राजधानी हेटौंडामा प्रमुख कार्यालय उदघाटन गरी परीक्षण प्रयोगशाला ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक सामग्री वितरण गरेको कार्यक्रममा जानकारी दिइयो ।

पाँच स्थानका लागि एक करोड ८० लाख रुपैयाँको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायन लगायत खरिद गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताए ।

You might also like