सुविसुको इन्टरनेट र टिभी अबरुद्ध, अर्बभन्दा बढिको क्षति

काठमाडौं । आज अपरान्ह लागेको आगोको कारण बालुवाटारस्थित सुविसु केवल टिभी तथा इन्टरनेटको मुख्य सर्भर तथा स्याटेलाईट उपकरणहरु जेलर खरानी भएका छन् ।

सुविसुका एक कर्मचारीले दिएको जानकारी अनुसार सो कम्पनीबाट सेवा लिएका इन्टरनेट तथा टिभी अबरुद्ध भएको छ । अबरुद्ध सेवा सुचारु हुन कति समय लाग्छ केही भन्न नसकिने ति कर्मचारीले बताए । इन्टरनेटको मुख्य सर्भरको मूल्य अर्बभन्दा माथि पर्दछ । स्याटेलाईट डिभाइस समेत जलेकाले सुबिसुमा आगोलागीको ठूलो क्षति भएको र त्यसको दह्रो क्लेम पर्ने एक बीमा कम्पनीका कर्मचारीले जानकारी दिए ।

You might also like