सिंगापुरमा स्वास्थ्य जाँच गराएर ९ दिनपछि सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
स्वदेश फर्किएको करिब दुई घण्टापछि ट्विटरमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । उनले आफ्नो स्वास्थ्यप्रति चासो राखी स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकलाई पनि धन्यवाद दिएका छन् । स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।त्रिभुवन विमानस्थलमा उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायत सर्ब साधारणले स्वागत गरेका हुन्।