जनैपूर्णिमाका दिन वडाध्यक्षलाई कालाे मोसो र चप्पलको माला उपहार

काठमाडौं । जनप्रतिनिधिमाथि कालोमोसो दलिएको छ । कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो ।

बिहिबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको हो । मोसो लगाउने समूहको पहिचान नभएको भए पनी नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वडा कार्यालय विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ । मोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ ।’ वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितता गरेको बताउँदै आइरहेको थियो ।

You might also like