आज घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको होे ।

शुक्रबार प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले घट्दै प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

You might also like