शालिग्राम पुडासैनीकी श्रीमतीले दिइन् किटानी जाहेरी

काठमाडौं। चितवनको एक होटलमा झुण्डिएर आत्महत्या गरेका शालिग्राम पुडासैनीका परिवारले आत्महत्या अघि रेकर्ड गरिएको भिडियोमा नाम भएका व्यक्ति विरुद्ध किटानी जाहेरी दिएका छन् ।

आइतबार काठमाडौ प्रहरी परिसर टेकु मार्फत पुडासैनिका परिवारले भिडियोमा उल्लेख भएका न्यूज २४ का कार्यक्रम प्रस्तोता रबि लामिछाने तथा युवराज कँडेल तथा नर्स अस्मिता कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा सो जाहेरी दिएका हुनु ।  भिडियोमा पुडासैनीले अरोपित तीन जनाले आफूलाई आत्महत्या गर्न वाध्य पारेको रेकर्ड गराएका थिए । सो भिडियो रेर्कडको आधिकारिकता बारे प्रहरीले प्राविधिक जाँच गराएको थियो ।
पुडासैनीको परिवारबाट किटानी जाहेर प्राप्त भएको परिसरका प्रहरी नयाव उपरीक्षक भोगेन्द्र बोगटीले बताउनुभयो ।  उहाँले मानव बेचविखन लगायतका जघन्य अपराधमा उजुरी दिन क्षेत्राधिकार नलाग्ने हुँदा परिसरले सो उजुरी बुझेर जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको बताउनुभयो ।

गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ ।

प्रहरीले जाहेरीविनै ३० साउनमा लामिछाने र कँडेललाई पानिपोखरीस्थित टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो भने कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो । अनुसन्धानलाई प्रभावित पार्न सक्ने देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी दाबी छ ।

You might also like