तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन

काठमाडौं । छिमेकी मुलुक भारतको विहारका पूर्वमुख्यमन्त्रीको निधन भएको छ । विहारका पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्राको आज निधन भएको हो । पछिल्लो केहि दिन देखि दिल्लीको एक अस्पतालमा उपचाररत मिश्राको ८२ वर्षको उमेरमा निधन भएको हो । मिश्रा तीन पटक विहारको मुख्यमन्त्री भएका ब्यक्ति हुन् ।

उनी १९७५ मा पहिलोपटक मुख्यमन्त्री भएका थिए । त्यसपछि पुनः १९८० मा मुख्यमन्त्री भएका मिश्रा अन्तिम पटक १९८९–९० मा मुख्यमन्त्री भए । मिश्रालाई विहारमा लोकप्रिय राजनीतिज्ञका रुपमा लिइन्छ । उनी एक पल्ट ९० को दशकमा भारत सरकारको केन्द्रिय क्याविनेटमा समेत पुगेका थिए । उनको निधनमा विहारका मुख्यमन्त्री नितिन कुमारले समेत समवेदना ब्यक्त गरेका छन् ।

जगन्नाथ मिश्रले आफ्नो करियर प्रोफेसरको रूपमा शुरू गरेका थिए । पछि बिहार विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक भए । उनी राजनीतिमा धेरै रुचि राख्थे । उनका जेठा दाइ ललित नारायण मिश्र रेल मंत्री थिए । स्मरण रहोस कि, देवघर चारा घोटाला केसमा लालू यादवलाई अदालतले दोषी ठहराउँदा र जगन्नाथ मिश्रा भने निर्दोष सावित भएर छुटे ।

यस अघि भारतीय राष्ट्रिय कांग्रेसमा उच्च तहमा सामेल भएपछि उनी तीन पटक बिहारको मुख्यमंत्री चुनिए । कांग्रेसमा सामेल भएपछि उनी राष्ट्रवादी कांग्रेस पार्टीमा सामेल भए र पछि जनता दलमा गए । ३०, सेप्टेम्बर २०१३ मा, रांचीको विशेष अदालतले उनीसँगै अन्य ४४ जनालाई चारा घोटालामा सजाय सुनाएको थियो । त्यसपछि उनलाई चार बर्षको जेल सजाय तोकियो र २ लाख जरिवाना गराइएको थियो ।

You might also like