एक्लै बस्ने व्यक्ति अरुको तुलनामा बढी चलाख !

काठमाडौं । एक्लै बस्ने तर सोसल मिडियामा कम सक्रिय रहने व्यक्ति अरुको तुलनामा बढी चलाख हुने पाइएको छ।हेर्दा यिनीहरु निरास देखिने भएपनि समारोहमा बढी घुलमुल हुने व्यक्तिभन्दा बढी चलाख हुने पाइएको एक अनुसन्धानले देखाएको छ।वर्ल्ड इकनोमिक फोरमका अनुसार १८ देखि २८ वर्ष उमेर समूहका करिब १५ हजार व्यक्तिमा अनुसन्धान गरिएको थियो। सोधमा उनीहरुको जीवनसम्बन्धी विशेष प्रश्नोउत्तर पनि गरिएको थियो।अनुसन्धानका क्रममा तिनीहरुलाई भेटघाटमा कत्तिको चाँसो राख्छन्। तिनीहरुका साथी कति छन् भन्ने प्रश्न सोधिएको थियो।

तिनीहरुमध्ये बढीले भेटघाट कमै मात्रामा मनपर्ने बताएका थिए। कतिपयले यस्तो वातावरण आफूलाई अनुकूल नहुने बताए। अनुसन्धानका अनुसार प्रायः चलाख व्यक्तिहरू साथीहरूसँग लगातार सम्पर्कमा रहँदा कम सन्तुष्टि हुने बताउँछन्।हुनसक्छ चलाख मानिसहरु आफ्नो काममा ध्यान केन्द्रित गर्न एक्लै बस्न चाहन्छन्। दोस्रो कारण यो पनि हुनसक्छ कि तिनीहरू अनावश्यक समय खेर फाल्न चाहँदैनन्।एजेन्सीको सहयोगमा।

You might also like