हिरासतबाट रवि लामिछानेको सन्देश..

काठमाडौं। न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिजिनका चर्चित प्रस्तोता रवि लामिछानेले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सन्देश जारी गरेका छन् । आफ्नी श्रीमती निकिता पौडेलको सामाजिक सञ्जाल फेसबुकमार्फत रविले आफ्ना समर्थकलाई सम्बोधन गरेर सन्देश जारी गरेका हुन् ।

आफूलाई साथ दिन आएका शुभचिन्तकलाई धन्यवाद दिँदै उनले आफूलाई भेट्न चाहनेहरुले बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म प्रहरी कार्यालयमा भेट्न सकिने जानकारी दिएका छन् ।

श्रीमती निकिताको फेसबुकमार्फत रविले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ,

‘यो घडीमा मलाई साथ र सहयोग गर्ने सम्पूर्ण सुभचिन्तकहरु प्रति हदृय देखिनै धन्यवाद । मलाई भेट्नका लागि चितवन प्रहरीले दिएको समय बिहान ७ देखि ९ बजे भित्र र बेलुका ४ देखि ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालयमा आई भेट्न सक्नुहुनेछ ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा अनुसन्धानका लागि रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की बिहीबारदेखि चितवन प्रहरीको न्यायिक हिरासत छन्। उनीहरुलाई सोमबार पुन म्याद थपका लागि अदालत उपस्थित गराइँदैछन् ।

You might also like