काठमाडौं । मन्त्रिपरिषदको निर्णयले १६ जना सचिव सरुवा र चार सहसचिव सचिवमा बढुवा भएका छन ।
१.केदारबहादुर अधिकारी वाणिज्य तथा आपूर्तिबाट संस्कृति पर्यटन बाट नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् ।
२. मोहनकृष्ण सापकोटा पर्यटनबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।
३. वैकुण्ठ अर्याल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
४. वेगेन्द्रराज शर्मा पौडेलल(सार्वजनिक खरिद पुनरावलोकन आयोगबाट वित्त आयोगमा सरुवा भएका छन् ।
५. डा. सञ्जय शर्मा सिंचाईबाट विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।
६. माधव वेल्वासे राष्ट्रिय सर्तकता केन्द्रबाट खानेपानी मन्त्रालयमा सरुवा भएका छन् ।
७. गोपीनाथ मैनाली भूमिसुधार मन्त्रालयबाट महालेखा नियन्त्रकमा सरुवा भएका छन् ।
८. सूर्यप्रसाद गौतम महालेखा नियन्त्रकबाट भूमिसुधार मन्त्रालयमा सरुवा भएका छन् ।
९. खगराज बराल शिक्षाबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन् ।
१०. महेशप्रसाद दाहाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट शिक्षा मन्त्रालय र जनसंख्यामा सरुवा भएका छन् ।
११. रामप्रसाद थपलिया शिक्षा तथा जनसंख्याबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।
१२. महेन्द्र गुरागाइँ लोकसेवा आयोगबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।
१३. डा. हरि पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।
१४. विनोद केसी (राष्ट्रपति कार्यालयबाट श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् ।
१५. आनन्दराज ढकाल प्रदेश ३ का प्रमुख सचिवबाट लोकसेवा आयोगमा सरुवा भएका छन् ।
१६. डा. तीर्थराज ढकाल प्रदेश ५ का प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।
मन्त्रिपरिषदको हिजोको बैठकले चार सहसचिव सचिवमा बढुवा भएका छन । जसमा तोयम राय, तोयानारायण ज्ञवाली, ई शिवहरी शर्मा ई रविन्द्र श्रेष्ठ बढुवा भएका हुन ।