नेपाल एकदिवसीय वरीयतामा एक स्थान खस्कियो

काठमाडाैँ  । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको हो । एक खस्किएको नेपाल १६औं स्थानमा पुगेको छ। अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा थियो।

नयाँ वरीयता अनुसार नेपालले ८ खेलबाट १९ रेटिङ र १ सय ४४ अंक पाएको छ। नेपालभन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन्।

वानडे वरीयताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड छ। यस्तै भारत, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान दोस्रो देखि दशौं स्थानसम्म छन्।

टी-ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भने नेपाल ११औं स्थानमा यथावत छ। नेपालले १४ खेलबाट २०१ रेटिङ र २८१८ अंक पाएको छ। नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन्।

You might also like