खानी तर्फको सबैभन्दा बढी रोयल्टी पाल्पाको निस्दी गाँउपालिकालाई

आर्थिक वर्ष २०७५/७६ मा खानीबाट कूल ६१ करोड ८९ लाख ५६ हजार १६८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ।

सोमध्ये प्रदेश र स्थानीय तहमा समान रुपमा १५ करोड ४५ लाख ३९ हजार ४२ बाँडफाँट गरिएको छ। खानीबाट बढी रोयल्टी पाउनेमा प्रदेश नं ५ शीर्ष स्थानमा रहेको छ। त्यस्तै प्रदेश नं ३, प्रदेश नं १, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेश क्रमशः रहेका छन्। बढी रोयल्टी पाउने गाउँपालिकामा निस्दी गाउँपालिका पाल्पा रहेको छ। यस्तै बङ्गलाचुली गाउँपालिका दाङ, कटारी नगरपालिका उदयपुर, तिनाउ नगरपालिका पाल्पा र दूधौली नगरपालिका सिन्धुली रहेको छ।

खानी तर्फ रोयल्टी नपाउनेमा पनि प्रदेश नं २ नै परेको छ। उद्योग तथा व्यवसाय प्रदेश नं २ मा रहेपनि खानी अन्य जिल्ला तथा प्रदेशमा रहेका कारण सो प्रदेशले रोयल्टी नपाएको छ।

You might also like