रवि लामीछाने अब नेता भएर निस्कँदै हुनुहुन्छ– कलाकार दीपक र दिपाश्री

चितवन । न्युज २४ टेलिभिजनको ‘सिधाकुरा जनता’सँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेललाई भेट्नका लागि काठमाडाैंबाट चितवन आएका कलाकारहरूले रवि लामिछाने नेता भएर निस्कने बताएका छन् ।

आइतबार बिहान लामिछाने र कँडेललाई भेटेर बाहिरिएपछि कलाकारहरू दिपाश्री निराैला, दीपकराज गिरी र केदार घिमिरे (माग्ने बुढा) ले अब रवि पत्रकार भन्दा पनि नेता भएर निस्किने बताएका हुन् । रविसँग भेट गरेर बाहिर निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कलाकार दिपाश्रीले भनिन्, ‘सबै भन्दा ठूलो कुरा चाहिँ रवि दाई जुन कन्फिडेन्ट हुनुहुन्छ त्यसले पनि उहाँ निर्दाेष भएकाे बताउछ

अघि मैले जाने बेला पनि भनेको थिए आज रविबार हो, त्यसकारणले गर्दा आज रविको जित हुन्छ, किन जित हुन्छ ? भन्दा जो मान्छेले गल्ती गरेकाे छ त्याे मान्छेमा ग्लानी हुन्छ तर रवि दाईसँग त्याे छैन ।’ उनले अब रवि नेता भएर निस्कने पनि बताइन्। ‘आज यस्तो पब्लिक रवि दाईसँग छ रवि दाईले काम गरेकाे हुनाले आज हामीले एउटा नेता जन्माउँदै छौँ’, उनले भनिन्, ‘रवि दाईलाई भेट्दा मलाई त्यो फिल भयो, आजको सुनुवाइले नेपाली जनतालाई खुसी दिने छ ।’फिल्म निर्देशकसमेत रहेकी निराैलाले रविले नेपाली जनतालाई सुखको सास फेराउने पनि बताइन् ।

‘मैले चाहिँ के देखिरहेको छु भने नेपालमा बसेर के हुन्छ ? यस्तो छैन, उस्तो छैन भन्ने खालको देखिरहेको छु धेरै मान्छेले विदेशमा गएर बरु केही गरेर बसैलाँ भनिरहेका छन् ।, उनले भनिन् ‘ रवि दाईबाट अब धेरै नेपाली जनताले सुखको सास फेर्नेछन्, सत्य तथ्य नै यही हो ।’अर्का कलाकार दिपकराज गिरीले ठूला-ठूला क्रान्तिहरू भिडले नै गरेकाे बताए । ‘जब जनतालाई गलत भइरहेको लाग्छ, तब जनता सडकमा आउँछ । रविजीको लागि यत्रा मान्छे सडकमा आएका छन्, ती मान्छेलाई पैसा तिरेर ट्रकमा हालेर ल्याइएको होइन

स्वत स्फूर्त रूपमा आएको हो’, उनले भने, ‘रविले जनताको आवाज उठाउछ/बोल्छ भनेर आएको हो, हामी पनि कानुनलाई हस्तक्षेप गर्ने , दवाव दिनको लागि आएका होइनाैँ ।’ उनले सबै भन्दा ठूलाे त्रुटी कानूनमा भएकाे आराेप समेत लगाए ।रविका समर्थकालाई भेडाको संज्ञा दिनेहरूलाई जनता भेडा नभएको पनि उनले बताए । उनले भने, ‘जनता भेडा होइन, परिवर्तशिलकारी हो ।’ आफू कुनै पार्टीको नभएको र न्यायको लागि चितवन आएको बताए ।‘हामीलाई राज्यले हेर्ला कि नहेर्ला तर रविजी त छ नि जसले हामीलाई हेर्नुहुन्छ ।’

उनले भने, ‘रवि जी पत्रकार हुनुहुन्थ्यो, सञ्चारकर्मी हुनुहन्थ्यो अब उहाँ नेता बनेर निस्कनुहुने छ, अब यो जनताले पनि माग्यो, कथाले पनि माग्यो ।’काेहीकाेही ‘जिन्दगीमा केही गर्न सक्दिन’ भनेर र ‘म त मरे-मरे तँलाई पनि छाड्दिन’ भनेर मर्ने गरेकाे पनि गिरीले बताए । त्यसकारण पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पनि निस्पक्ष छानबिन हुनु पर्ने उनकाे भनाइ थियाे।अर्का हास्य कलाकार माग्ने बुढाले छाेटाे प्रतिक्रिया दिँदै भने, ‘उहाँ नेता हुनलाई योग्यता पुगेको थिएन तर मिलाई मिलाई पुर्यादिए, त्यसैले रवि नेता भई नै सक्नुभयो ।’

You might also like