एउटै इलेक्ट्रीक बाइकमा ७४ हजार बढी असुल्दै

काठमाडौं । आस्टा अटोमोवाइलले नेपाली बजारमा २ लाख ७४ हजार रुपैयाँमा बिक्री गर्दै आएको सुपर सोको टीसी मोडलको इलेक्ट्रीक मोटरसाइकल अटो शोमा दीगो ग्रुपले प्रदर्शनी गर्दै ३ लाख ४८ हजार रुपैयाँ मूल्य राखेर बिक्री गरिरहेको छ । यी दुबै कम्पनीले सुपर शोको ब्रान्डका मोटरसाइकल बिक्री गर्दै आएका छन् ।

दिगो ग्रुपले एउटै मोटरसाइकलमा आस्ता अटो मोवाइलको तुलनामा ७४ हजार बढी मूल्य राखेर बिक्री सुरु गरेको हो ।

केही समय पहिला नेपाली बजारमा सार्वजनिक भएको इलेक्ट्रीक मोटरसाइकल सुपर सोको आस्टा अटोमोवाइलले ल्याएको थियो भने अटो शोमा दिगो ग्रुपले प्रदर्शनी गरेको छ ।

दिगो ग्रुपले हाल नेपाली बजारमा दाहे इलेक्ट्रीक कारको समेत बिक्री गरिरहेको छ ।

You might also like