सोलुखुम्बुको खुम्बु क्षेत्रमा ५८ हजार पर्यटकले भ्रमण गरे

सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा करिब ५८ हजार पर्यटकले भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्याङ्कअनुसार विभिन्न देशका ५७ हजार ९ सय ९० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

गत वर्षको कात्तिक महिनामा सबैभन्दा बढी १२ हजार ४ सय ४९ विदेशी, सार्कबाट ५ सय ३८ जना र १ सय २८ जना नेपाली गरी १३ हजार १ सय १५ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो वर्षभन्दा यसवर्ष पर्यटकको संख्या बढेको छ । कात्तिकबाट नेपालीको पनि दर्ता गर्न थालेपछि नेपाली पर्यटकको तथ्याङ्क आएको हो । यसअघि नेपालीको दर्ता गरि तथ्याङ्क राख्ने चलन थिएन । कात्तिकदेखि असारसम्म ७ सय १७ जना नेपाली पनि खुम्बु पुगेका छन् । आरोहण सिजनमा भित्रिएका पर्यटकको संख्यालाई तुलना गर्दा यस वर्षमा कम पर्यटक भित्रिएको तथ्याङ्कले देखाएको छ । प्रतिकूल मौसम र त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थल मर्मतका कारण रामेछापबाट उडान गर्नुपर्दा अपायक भएकाले पनि आरोहण सिजनमा पर्यटकको आवागमन घटेको पर्यटन व्यवसायीको भनाइ छ ।

 

Panorama view of the Khumbu Khola valley above Pheriche. To the left are the peaks of Tawoche (6542m) and Cholatse (6440m).

You might also like