दिनरात नभनि जनताकै सेवामा लागीरहेको छुः वडाध्यक्ष जिम्बा

काठमाण्डौ/ काभ्रेप्लान्चोक जिल्लाको महाभारत गाउँपालका वडा नं. १ गोकुलेका वडा अध्यक्ष हुन् कान्छामान जिम्बा । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा जिम्बाले हरेक जिम्मेवारी सम्हालेका थिए । कहिले जनमुक्ति सेना, कहिले संगठक त कहिले जनकलाकार बनेर आफ्ने भूमिका निर्वाह गरेका जिम्बा गएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका हुन । प्रस्तुत छ निर्वाति भएपछि वडा अध्यक्ष जिम्बाले गरेको काम र आगामी योजनाको बारेमा उनि सँग गरीएको कुराकानीः
वडाध्यक्षमा निर्वाचित भएपछि के के काम गर्नुभयो ?
निर्वाचित भएपछि मैले पहिले जाहेर गरेको प्रतिबद्धताहरुको विवरण संकलन गरें । मुख्यतः मेरो ध्यान प्रमुख समस्यालाई नै सबैभन्दा पहिला समाधान गर्ने र अरु क्रमशः समस्या समाधन गर्ने हिसाबले मैले वडाको सबै टोल–टोलमा मोटरबाटो पु¥याइदिने, विद्युतको केन्द्रिय लाईनको विस्तारको लागि पहल गर्ने, स्वच्छ खानेपानीको व्यवस्थापनको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेको थिएँ ।

मैले चुनाबमा प्रतिबद्धता गरेको मध्य टोल–छोलमा सडक पुर्याउने कुरा सम्भावत वडा भरिको एक दुई टोल बाहेक अरु सबै टोलमा मोटरबाटो पुगिसकेको छ । बाँकी टोलमा पनि मेरो कार्यकाल भित्रै बाटो पुर्याउँछु । म वडा अध्यक्षमा निर्वाचित हुनुभन्दा अगाडि हाम्रो वडामा एउटा मात्र बाटो थियो । जुनबाटो विश्व खाद्य संस्थाबाट खनेको खोला भञ्ज्याङ–ट्वार्के मोटरबाटो । अहिले हेर्नुहोस तपाई वडाका सबै टोल–टोलमा करिब करिब मोटरबोटको संजालले जोडि सकेको भने पनि हुन्छ । यस्तै सडकको कुरा गर्नु पर्दा मेरो पनि पहलमा ताराखसे–थाम–स्याप्लेडाँडा–गोकुले सडकको लागी गाँउपालिकाबाछ १० लाख रुपैया बिनियोजन भएको छ । अब यो काम धमाधम सुरु हुन्छ। यो सडकको काम सफलता पुर्वक सम्पन्न भएमा बषामा पनि गाकुलेका जनताले सहजै रुपमा गाडि चढ्न सक्छन भन्ने मैले आशा लिएको छु ।

बिद्युत तर्फ कुरा गर्नुपर्दा केन्द्रिय लाइन प्रसारण ठेक्का नै भइसकेको छ । केन्द्रीय लाईनको कुराको सन्दर्भमा लगभग १ अर्बको ठेक्का भइसकेको छ । केन्द्रिय लाइनको काम अब हिउँद लाग्ने वित्तिकै शुरु पनि हुन्छ । छुमन्तरमा विकास र समृद्धि हुने होइन, त्यस माथि हाम्रो यो क्षेत्रलाई कर्णलीको रुपमा चित्रित गर्ने गरिन्छ । त्यसैले क्रमशः बजेटले धाने सम्मको, जनताको अपेक्ष अनुरुप नै अगाडि बढ्ने छु ।

       वडा अध्यक्ष कान्छामान जिम्बा

मैले चुनावमा प्रबिद्धता गरेको बाँकी कामहरु मेरो आफ्नै कार्यकाल भित्र पूरा गर्ने छु । खानेपानीको लागि पनि पहलहरु भइ नै रहेका छ । म आम जनताको सहयोग पाएको मान्छे, जनताले भरोसा गरेको मान्छे, विश्वास गरेको मान्छे, जनताको अपेक्षा, विस्वासलाई शिरमा राखेर अगाडि बढ्छु । मैले जनाएको प्रतिबद्धता जसरी पनि म पूरा गरेरै छाड्छु । पूरा गर्न नसकेको खण्डमा कारण सहित फेरि जनताको दैलोमा जान्छु । स्पष्ट भन्छु जनतालाई । अनि क्षमा माग्छु ।

शिक्षामा गुणस्तर ल्याउने कुरामा सरोकारवालाहरुसँग छलफल भइ नै रहेको छ ।अहिले काभ्रे जिल्लामै पहिलो पटक हाम्रो वडाको श्री भैरव माध्यामिक बिद्यालयले कृषि प्राबिधिक शिक्षा दिन सुरु गरेको छ । कृषि बालि बिज्ञान बिषयको पढाई अहिले सुरु भइसकेको छ । उक्त बिषयमा अहिले ४८ जना बिद्यार्थीले अध्यन गरीरहेका छन र उनिहरुलाई २ जना शिक्षकले अध्यापन गराइरहनु भएको छ । कक्षा ८ पास गरेर सिधै यो बिषय पढ्न पाईदो रहेछ । तर प्राबिधिक शिक्षामा सबैको चासो भएकोले १२ कक्षा पास गरेका बिद्यार्थिहरुले पनि यो बिषय अध्यन गर्न आएका छन । यो ४ बर्ष कोर्ष हो । कक्षा ९ बाट कक्षा १२ सम्मको कोर्ष हुन्छ । आफ्नो वडामा यो शिक्षा योजना ल्याउन मैले धेरै पहल गरेको छु । अहिले संघिय सरकारले नै यसको सम्पुर्ण खर्च दिरहेको छ ।

स्वास्थ्य क्षेत्रको कुरा गर्न पर्दा अबको केहि महिना भित्रे मेरो वडामा वडा स्वास्थ्य केन्द्र स्थापना हुदैछ । यसको सम्पुर्ण तयारी भइसकेको छ । मेरो कार्यकाल पछि स्वास्थ चौकी धापमा बर्थिङ सेन्टर पनि सन्चालन भएको छ। त्यस्तै सुरक्षा तर्फ ईलाका प्रहरी कार्यालय गोकुले महाभारत १ मा भवन निर्माणका लागि लगभग २ करोडको टेन्डर भइसकेको छ।

जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
जनप्रतिनिधि भएर काम गर्न धेरै गार्हो महासुस भयो मलाई कनिकी सबैको चित्त र मन बुझाएर काम गर्न प¥यो नि । अर्को कुरा सजिलो पनि छ हामी हिजो जनताको मै जन्मे, हुर्के । अनि जनताले बनाएको, जनताको संरक्षणमा हुर्केको मान्छेको लागि काम गर्न सजिलो पनि छ । तर बजेटको सिमा, योजनाको डंगुर अनि काम गर्न गाह्रो भइरहेको छ ।
मेरो वडाको हकमा विकास निर्माणको काममा जनसहभागीता सन्तोष जनक नै रहेको छ । जनताले अनुगमन पनि गर्छ, जनताले गुनासो, सल्लाह, सुझाव र सहयोग पनि गर्छ । हामी जनताका लागि भएपछि जनताले वडाले गरेको हरेक काममा सहयोग नगर्ने कुरै रहेन ।
यहाँको वडाको मुख्य समस्या के रहेको छ ?
हाम्रो वडाको मुख्य समस्या भनेको खानेपानी नै हो । त्यसपछि विद्युत, सडक पर्छन ।
यसमा करिब विद्युत र सडक क्षेत्रमा निक्कै फड्को मारिसकेको भन्दा नि हुन्छ । अब रह्यो खानेपानी जटिल नै समस्याको रुपमा रहेको छ । किनकी हाम्रो आफ्नै वडा भित्र वडा भरिको जनतालाई उपयोगमा ल्याउने पानीको मुहन नै छैन । त्यसैले अरु वडासँग हार गुहार गर्नुपर्ने बाध्याता छ । तैपनि यो समस्या समाधानको लागि निरन्तर लागिरहेको तपाईको मिडिया मार्फत सबैमा जानकारी गराउन चाहन्छु ।

भूकम्पपिडित हरुको अवस्था कस्तो छ ?

महाभारत गाँउपालिका वडा नं. १ मा ३९४ भुकम्प प्रभाबित रहेका छन । उनिहरुको लाभग्राहि सुचिमा नाम निस्कीएको छ । ति मध्य करिब ८० प्रतिशत घरधुरीले घर बनाएर अनुदान पनि लिसकेका छन । केहिले निर्माण कार्य अन्तिमचरणमा पुर्याएका छन ।
एउटा समस्या चाहिं के रहेको छ भने पटक पटक गुनासो दर्ता गर्नेहरुको भूकम्प लाभग्राहीमा नाम ननिस्केको हुँदा उहाँहरुको गुनासो धेरै छ । यसमा म आफैं पनि सन्तुष्टी छैन । समस्या समाधानको लागि सम्बन्धित निकायको ध्यान जाओस भनि आग्रह गर्न चाहन्छु । सो समस्या सामधानको लागी मैले धेरै पहल गरे तर मेरो पहँचले नपुगेको हो की भन्ने मलाई लागेको छ ।

वडालाई कस्तो बनाउने सपना देख्नु भएको छ ?

प्राय सबै वडाध्यक्ष हरुले आफ्नो देश भरिकै नमुना वडा बनाउने प्रयत्नमा हुन्छन मेरो पनि त्यही सपना छ । तर म मेरो पहिलो कार्यकाल भएकोले गाउँपालिकाको भौतिक संरचना निर्माण गर्ने देखि लिएर गाउँपालिकामा विभिन्न नीति निर्माण र अन्य कार्य मै समय खर्चिदो रहेछ । सबैभन्दा पहिला म संस्थागत शुसासनमा जोड दिन्छु ।
जनताको आधारभूत समस्यासम्म पुग्ने प्रयत्न हुन्छ । त्यसको लागि पनि केही पूर्वाधार विकासमा सबैभन्दा बढी ध्यान जान्छ । त्यसपछि शिक्षा, स्वास्थ्य, रोजगारमा ध्यान दिन्छु । खानेपानीमा नमुना, शिक्षामा नमुना, भौतिक पूर्वाधारमा नमुना, जनताको आयअर्जनमा नमुना ल्याउने मेरो योजना छ । यो पहिलो कार्यकाल भित्र धेरै क्षेत्रमा सुधार ल्याउने कोशिस भइरहेको जानकारी गराउन चाहन्छु ।

हाम्रो वडामा व्याप्त गरिबी, बेरोजगार र सिमान्तकृत वर्ग पनि रहेका छन् । यस्ता समस्यालाई समाधान गर्न मुख्य त संघीय र प्रदेश सरकारकै नीतिमा भरपर्छ । त्यही निकायबाट नै राम्रो नीति बनेर आउन आबश्यक छ किनकी यो कुनै वडा विशेषको समस्या नभै राष्ट्रिय समस्या हो । तर म आफ्ना वडाको सवालमा यस्ता समस्यालाई कसरी हल गर्न सकिन्छ भन्ने कुरा गम्भिर हिसाबले सोचिरहेको छु ।
अन्तमा वडाबासीहरुलाई तपाईका. मिडिया मार्फत के भन्न चाहन्छु भने विकास, परिवर्तन र समृद्धि भनेको कुरा एकदुई जनाले चाहँदैमा सम्भावना हुँदैन । सबैको एकता, सहकार्य आबश्यकता रहन्छ । त्यसैले यस महाभारत गाउँपालिका वडा नं. १ का हरेक क्षेत्रमा सुधार गरी अगाडि बढाउन रचनात्मक सुझाव र सल्लाहको अपेक्षा गर्न चाहन्छु ।

You might also like