सजिलो छैन बैंकिङ रोजगारी : सबैभन्दा धेरै समय, मिहिनेत

सर्वसाधारणले खाइनखाई बचत गरेको पैसाको जम्मा गरी सही ठाउँमा लगानी गर्ने सोको प्रतिफल बचतकर्तालाई समेत दिने जिम्मेवारी बैंकको हो । यस्तो संवेदनशील कार्य गर्ने बैंक तथा वित्तीय संस्थामा रोजगारी गर्नु त्यत्ति सजिलो छैन । बैंकको कर्मचारी हुन धैर्यता पनि आवश्यक हुन्छ, जुन आजका मानिसमा कम पाइन्छ । कुनै गन्तव्यमा पुग्न समय र मिहिनेत लाग्छ । यो कुरा सँधै ध्यानमा राख्नुपर्छ । बैंकमा नै करिअर बनाउने सोचमा हुनुहुन्छ भने मनमा इगो राखेर हुँदैन । सिक्ने मनशाय हुनुपर्छ । सानो पदबाट अनुभव लिँदै पोख्त बन्नुपर्छ ।

शैक्षिक योग्यता आवश्यकताको कुरा हो । तर, बैंक चलाउन शैक्षिक योग्यताका साथमा बाहिरी ज्ञानहरुको पनि आवश्यकता पर्दछ । बैंकमा जागीर खान चाहनेले पहिले बैंकभित्र केके कुरा हुन्छन् ? बैंकिङ जोखिम के हो ? बैंकिङ क्षेत्रका अवसरहरु केके हुन् ? लगायतका विषयमा पनि राम्रोसँग जानकारी हासिल गर्नुपर्दछ ।

अहिलेका विधार्थीहरुमा इनर्जी छैन, मैले केही गरेर देखाउछु भन्ने धारणा छैन, म जागिर गर्छु भनेर आँट गरेर आउन सक्ने क्षमता छैन । उनीहरुले एकैचोटी ठूलो पोस्टमा जागिर खान्छु र धेरै पैसा कमाउँछुु भन्ने धारणा राखेका हुन्छन् । त्यस्तो मानसिकताले गर्दा मानिसहरुले केही प्रगती गर्न सक्दैनन् । हरेक कुरा जान्न खोज्ने, मिहनेती, लगनशील र जागरिँला मानिस मात्र बैंकले राख्ने गर्दछ ।

You might also like