प्रविधि मार्फत प्रधानमन्त्री र मन्त्रीबीच भिडियो कन्फरेन्स

काठमाडौंः सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याविनेटका सदस्यहरूसँग छलफल गरेका छन् । टेलिप्रिजेन्स प्रविधि मार्फत आज दोस्रो पटक मंगलबार दिउँसो १ बजेदेखि यसरी क्याविनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गरेका हुन् ।

छलफलमा उनले आफ्नो उपचारबारे जानकारी दिनुका साथै मन्त्रीहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक संजाल ट्विटर मार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषद्का सदस्यहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

यसैबीच उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । प्रधानमन्त्री ओलीको अन्तिम प्लाज्माफेरिसिस भोली सकिने र बिहीबार रिपोर्ट आइसकेपछि शुक्रबार फर्किने कार्यक्रम तय भएको नेकपाका नेता सुवास नेवाङले हिजो बताएका थिए ।

You might also like