काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ । मध्यपुर्वको संस्कृती र प्रकृतीलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमका विच सार्वजनिक गरेको हो ।
कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने लोगोमा देख्न सकिन्छ । लोगोमा मध्यपुर्वमा रहेको मरुभूमीका साथै आठ वटा देशलाई समेटेको छ । यसका साथै विश्वकप हुने आठ वटा स्टेडियमको झझल्को पनि यो लोगोमा समावेश गरिएको छ । कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो ।