भारतका एटिएमबाट पनि नेपाली बैंकको करोडौं रकम चोरी

एटिएम ह्याकरहरुले भारतबाट पनि नेपाली बैंकको करोडौं रकम चोरी गरेको खुलेको छ । राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा भारतीय बैंकका विभिन्न एटिएम बुथ प्रयोग गरी नेपाली बैंकको रकम लुटेको खुलेको छ । राष्ट्र बैंकका अनुसार भारतीय एटिएमबाट ६ वटा नेपाली वाणिज्य बैंकको ३ करोड ५८ लाख ८४ हजार ५ सय रुपैयाँ लुटिएको हो । तर राष्ट्र बैंकले कुन बैंकको कति रकम लुटिएको भनेर केही खुलाएको छैन ।

राष्ट्र बैंकका अनुसार नेपाली बैंकहरुले प्रयोग गरेको नेपाल इलेक्टोनिक्स पेमेन्ट सर्भिस नेप्स र अमेरिकी एटिएम नेटवर्क भिसा प्रणालीको बीचमा ह्याकरहरुले ‘साइबर हमला’ गरी बैंकको नगद लुटपाट गरेका हुन् ।

You might also like