मेलम्चीमा गोली चल्योः दुई घाइते

सिन्धुपाल्चोकको मेलम्चीमा खानेपानी आयोजना क्षेत्रमा चल्दा दुई जना घाइते भएका छन्। मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्रमा भुक्तानी माग गर्दै आन्दोलनरत करिब ३ सयको संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि रोकिएको र सो क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको हो ।

बिहीबार दिउँसो करिब ३ बजे भएकाे उक्त घटनामा मनोज चौधरी र बालमुकुन्द अधिकारीको हातमा गोली लागेको र क्षेत्रीय स्वास्थ्य चौकी मेलम्चीमा उपचार भइरहेको बताइएको छ । आयोजनाको पूर्वठेकेदार इटालियन कम्पनी ९सिएमसी० सँग बाँकी भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ता मजदुर निरन्तर आन्दोलनमा छन्।

You might also like