आइतबार काठमाडौं आउँदै चिनियाँ विदेशमन्त्री

काठमाडौं। दक्षिण छिमेकी चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा उनी नेपाल आउन लागेके परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

तीन दिन नेपालमा रहँदा विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायत उच्च राजनीतिक भेटघाट पनि गर्नेछन्। सोमबार चिनियाँ प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तासमेत हुनेछ । यो वार्तामा गरिने सम्झौताबारे भने कुनै जानकारी दिइएको छैन ।

चिनियाँ राष्ट्रपति सि जिङपिनले काठमाडौंको भ्रमण गर्ने चर्चा भइरहेका बेला विदेशमन्त्री यीले गर्न लागेको नेपाल भ्रमण त्यसैको तयारीका लागि भएको आँकलन गरिएको छ।

You might also like