‘भद्रगोल’ टिमको ‘सक्किगोनी’ यो मितिदेखि आउँदै

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिशृंखला ‘भद्रगोल’का टिमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन् । भद्रगोल टिमले बुधबार काठमाडौंमा प्रेस मिट गर्दै भद्रगोलकै थिममा ‘सक्किगोनी’ हाँस्य टेलिशृंखला ल्याउने घोषणा गरेका हुन् । मिडिया हबसँगको विवादपछि समुहले नयाँ नामको हाँस्यव्यांग्य टेलिफिल्म ल्याउन बाध्य भएको हो ।

‘सक्किगोनी’ मा सबै जसो कलाकार भद्रगोलकै छन् । भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी लाई पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन् । टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ । यो समुह नखेलेको भद्रगोलको पछिल्लो भागलाई युटुवमा लाइक कम डिस्लाइक ज्यादा आएको छ । सक्किगोनी असोज २ गते देखि नेपाल टेलिभिजन र युटुवमा प्रशारण हुनेछ ।
You might also like