भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिने घरबेटीमाथि कारबाही हुन्छ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही गर्ने बताएका छन् ।  आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले प्राधिकारणमा आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो कुरा बताएका हुन् ।

उनले प्राधिकरणले तोकेको मूल्यभन्दा बढी पैसा असुल्नेलाई कारबाही गर्ने बताएका हुन् । कानुनका अनुसार प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न नपाइने भन्दै घिसिङले कानूनत कारबाही गर्ने बताउका हुन् । प्राधिकरणले अहिले प्रतियुनिट अधिकतम १३ रुपैयाँसम्म महसुल लिँदै आएको छ।

You might also like