हाम्रै नेपालमाः छोरीले घण्टौंसम्म बाथरुममा बिताएपछि बाबुले दिए ‘सेक्स टोय’ उपहार

काठमाडौं । बत्तीसपुतली घर भइ बेलायत बस्दै आएका हरि सापकोटा (नाम परिवर्तन) ले केही महिनाअघि छोरीलाई एउटा म्यासेज पठाए । त्यो म्यासेज बाबु छोरीलाई पठाउने खालको भन्दा निकै माथिको थियो । उनले पठाएको म्यासेज या श्रीमतीलाई पठाउने यात सेक्स पार्टनरलाई पठाउने खालको थियो ।

दिल्लीस्थित जेएनयू युनिर्सिटीबाट मास्टर डिग्री गरेकी छोरी आयुशा (नाम परिवर्तन) त्यो म्यासेज देखेर तीनछक्क परिन । छक्क मात्र परिनन्, उनको हातखुट्टा नै काप्न थाले । म्यासेज हेरेर विश्वास लागेन । बाबुलाई म्यासेजमा किन यस्तो म्यासेज पठाउनुभयो भन्दा त्यसपछि अर्को अश्लिल म्यासेज आयो । हरिले ३१ वर्षीया ‘झट्केली छोरी’ आयुशालाई अश्लिल म्यासेज मात्र पठाउन थालेनन्, उनलाई यौन सम्बन्धका लागि उक्साउन समेत थाले । यो क्रम लामो समयसम्म चलिरह्यो ।

त्यतिले पनि नपुगेपछि हरिले आयुशालाई उपहारमा ‘सेक्स टोय’ दिए । पटक पटक यौन हिंसा गर्ने, उपहारमा समेत सेक्स टोय दिने जस्ता कार्य बाबुबाटै हुन थालेपछि आयुशा विक्षिप्त बनिन् । बाबुबाट यौन हिंसाको शिकार भएपछि आयुशा प्रहरीको शरणमा पुगिन् । प्रहरीले बाबुविरुद्ध यौन हिंसाको उजुरी दिइन् ।

उजुरी दिन जाँदा प्रहरीले उनको कुराको विश्वास नै गरेन । जब आयुशाले बाबुबाट आएका म्यासेज देखाइन तब मात्र प्रहरी उजुरी लिन तयार भयो । र यतिबेला हरि आफ्नै छोरीमाथि यौन हिंसा गरेको अभियोगमा प्रहरी हिरासतमा छन् । महानगरीय अपराध महाशाखाले यौनजन्य हिंसा र साइबर अपराधमा मुद्धा अगाडि बढाएको छ ।

नेपाल आउने जाने गरेका हरि पछिल्लो समय भदौं पहिलो साता नेपाल आएका थिए । आयुशाले देखाएको म्यासेजका आधारमा पक्राउ गर्दै अनुसन्धान अगाडि बढाएको महाशाखा प्रमुख एसएसपी सहकल थापाले जानकारी दिए । पछिल्लो पटक भने उनले काठमाडौं आउँदा छोरी आयुशाको लागि ‘सेक्स टोय’ नै उपहार ल्याएका थिए । बावुले उपहारमा समेत ‘सेक्स टोय’ दिएपछि आयुशाले सहन नसकेर प्रहरीमा उजुरी दिन पुगेकी हुन् ।

तर हरिले भने प्रहरीसँगको बयानमा आयुशा घण्टौंसम्म बाथरुममा बिताउने गरेको थाहा पाएपछि इच्छा पूरा गर्न ‘सेक्स टोय’ उपहार दिएको बताएका थिए । ‘छोरी घण्टौसम्म बाथरुममा बिताउने गर्थिन् । उनको इच्छा बुझेर मैले उपहारमा ‘सेक्स टोय’ दिएको हुँ ।’ प्रहरीसँगको बयानमा हरिले भने ।

हरिको पहिलो श्रीमती उनलाई छोडेर अर्कैसँग बिहे गरेर दार्जिलिङ बस्ने गरेकी छन् । जेठी श्रीमतीबाट जन्मिएको छोरासमेत उनीसँगै गएपछि हरिको सन्तानका रुपमा छोरी आयुशा मात्र छिन् ।

उनलाई पनि घरबाट निकाल्य यौन अपराधको सहारा लिएको आफन्तको आरोप छ । आयुशा दोस्रो श्रीमतीकी छोरी हुन् । हरिले दोस्रो बिहे गर्दा श्रीमतीसँगै आयुशालाई भित्र्याएका थिए । हरिले आयुशालाई छोरी स्वीकार गरेर श्रीमतीसँगै ल्याएका थिए ।

शिक्षित बाबुबाटै यस्तो खालको अपराध भएपछि उनी प्रहरीको शरणमा पुगेकी हुन् । विराटनगर पुर्ख्यौली घर भएका हरिमा मानसिक समस्या हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्द्रबिन्दुबाट

You might also like