चन्द्र ढकाल देखि राजेशकाजी श्रेष्ठसम्म बिभुसित हुँदै, यी हुन संविधान दिवसमा पदक पाउने उद्योगी व्यवसायी

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा विभिन्न उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । राज्यलाई योगदान पुर्याएवापत सरकारले उद्योगी व्यवसायीलाई विभिन्न पदकबाट सम्मान गरेको हो । संविधान दिवसको अवसरमा सरकारले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई सुकिर्तिमय राष्ट्रदीप, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी मिश्र राणा, आईएमई ग्रूपमा अध्यक्ष तथा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद र उद्योगी अशोककुमार अग्रवाललाई कीर्तिमय राष्ट्रदीपबाट सम्मान गर्ने भएको छ ।

यसैगरी बैंकर एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई प्रवल जनसेवा श्रीबाट सम्मानित गरिने भएको छ । सरकारले मरणोपरान्त स्वर्गीय तत्कालिन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र स्वर्गीय मदनमणि दिक्षितलाई महाउज्ज्वल राष्ट्रीपबाट सम्मान गर्ने भएको छ । उनीहरुलाई संविधान दिवसको अवसरका आजै दिउसो एक कार्यक्रमबीच सम्मान गरिँँदै छ । सो अवसरमा सरकारले विभिन्न क्षेत्रका गरी कुल ६२५ जानलाई सम्मान गर्दैछ ।

You might also like