खाना पकाउने ग्यासमा २५ रुपैयाँ र हवाई इन्धनमा ५० अमेरिकी डलर मूल्य घट्यो

 

काठमाडौं । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्यमा २५ रुपैयाँले घटाए र एलपी ग्यास प्रति सिलिन्डर १३५० रुपैयाँ नयाँ मूल्य पर्नेछ ।

हवाई इन्धनमा पनि ५० अमेरिकी डलर प्रति किलोलिटर घटाइएको छ । जस अनुसार अबदेखि प्रति किलोलिटर हवाई इन्धनको मूल्य एक हजार अमेरिकी डलर पर्नेछ । घटाइएको नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । पेट्रोल र डिजल र मट्टितेलको हकमा पनि पुरानै मूल्य कायम हुने जनाएको छ ।

 

 

You might also like