दशैंको मुखमा तातोपानी नाका बन्द

दशैंको मुखमा फेरि तातोपानी नाका बन्द भएको छ चीनको खासा क्षेत्रमा सडक बिग्रेपछि तातोपानी नाकामा को आयत निर्यात ठप्प भएको छ ।

चीनको रमिते बजार नजिकै सडक भासिएपछि दशैंको लागि लोड भएका कन्टेनर खासा क्षेत्रमै रोकिएका छन् । सडक ममर्त गर्न एक साता बढी लाग्ने चिनियाँ अधिकारीले जानकारी गराएका छन् । तातोपानी नाका यतिवेला सुुनसान छ ।

भुकम्पपछि बन्द रहेको तातोपानी नाका गएको जेठदेखि सञ्चालनमा आएको थियो। दशैंको मुखमा सडक बिग्रिएपछि व्यापारी तथा सर्वसाधारण मारमा परेका छन् । लगातारको बर्षका कारण सडक धेरै ठाउँमा भासिएपछि चिनियाँ पक्षले ममर्त सुरु गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।

चीनतर्फको अर्को नाका रसुवागढी नाका पनि बर्षाका कारण बन्द छ । रसुवा नाका बन्दभएपछि तातोपानी नाकामा एक दिनमै ८५ लाख रुपैयाँसम्म राजश्व संकलन भएको थियो । यो नाकाबाट साउनयता २० करोढ बढी राजश्व संकलन भएको तातोपानी भन्सारले जनाएको छ ।

 

You might also like