काठमाडौं । भद्रकाली केन्द्रीय कारागारका कैदीहरूले उत्पादन गरेको कपडा उद्योग विभागले बुधबारबाट बिक्री सुरु गरेको छ । बजार मूल्य भन्दा ५० प्रतिशत सस्तोमा कैदीले उत्पादन गरेको कपडा, मिटरको ५८ देखि ५५० रुपैयाँ सम्मका कपडा मूल्य तोकेको छ ।