नौबिसे–नागढुंगा सडक : ३० किमिसम्म सवारी जाम हुँदा यात्रुलाई सास्ती

धादिङ। राजधानीबाट पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुदै पूर्व-पश्चिम जाने र उक्त बाटो भएर राजधानी भित्रिने सवारीयात्रा आजकाल यात्रुहरुका लागि अत्यन्तै अत्यास लाग्दो र कष्टकर हुने गरेको छ।

यात्राका क्रममा बाटोको ठाँउ ठाँउमा हुने गरेको सवारी जामका कारण यात्रा कष्टप्रद र झन्झटिलो समेत बनेको छ। याे समस्याकाे कारण हाे, गत असारमै सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम बल्ल सुरु हुनु ।

मर्मतको जिम्मा पाएको चितवनस्थित ठेकेदार कम्पनी जीएमआरले सडक मर्मत दसैंको चहलपहल सुरु हुने बेलामा सुरु गरेको हो । मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ ।

मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । दसैंअघि उपभोग्य सामग्री राजधानी भित्रिने बेलामा हुन लागेको मर्मतले यात्रुलाई सास्ती भएको छ । दसैं–तिहार नजिकिँदा राजधानी छिर्ने र बाहिरिने सवारी साधनहरूको चाप यसै पनि बढ्छ । कान्तिपुर दैनिकमा खबर छ ।

You might also like