बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु, थप ३६ जना घाइते

बेइजिङ। चीनको पूर्वी जिआंगसु प्रान्तमा भीषण डक दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा थप ३६ जना घाइते भएको बताइएको छ । स्थानीय मिडियाका अनुसार जिआंगसु प्रान्तमा बस र ट्रकको एक्सप्रेस वेमा भयानक ठक्कर भएको हो । बसमा करिब ६९ जना सवार थिए । प्रारम्भिक जाँचमा थाहा भए अनुसार बसको एउटा टायर पंक्चर थियो जसका कारण दुर्घटना भएको हो ।

China Xinhua News

@XHNews

36 people killed, 36 others injured in a road accident in Jiangsu, E China http://xhne.ws/lGkzO 

View image on Twitter
22 people are talking about this

घाइतेमध्ये ९ जनाको हालत गम्भीर भएको बताइएको छ । २६ जना अरुलाई पनि चोट लागेको छ । १ जनालाई भने प्राथमिक उपचारपछि घर पठाइएको छ । करिब ८ घण्टाको उद्धारकार्यपछि चांगचुन–शेनजेन एक्सप्रेस वे खुलेको बताइएको छ ।

You might also like