अभिनेत्री अदिती बुढाथोकीको कामुक अवतार (फोटोफिचर)

काठमाडौं । अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘कृ’बाट नेपाली चलचित्र उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिती बुढाथोकी । यो चलचित्रमा अनमोल र उनको जोडीलाई निकै नै मन पराइएको थियो ।

उनले यो चलचित्रमा अभिनय गरेपछि उनको नेपाली चलचित्र उद्योगमा एकाएक चर्चा भएको थियो । तर उनले दोस्रो नेपाली चलचित्र भने गरेकी छैनन् । अदितीले मोडलिङ हुँदै रजतपटमा पदार्पण गरेकी हुन् । उनी अझै पनि भारतीय मोडलिङमाा रमाइरहेकी छिन् ।

अदिती इन्स्टाग्राममा निकै नै सक्रिय छिन् । उनलाई इन्स्टाग्रामकी क्विन पनी भन्ने गरिन्छ । उनले इस्टाग्राममा आकर्षक तस्वीर सेयर गरिरहेकी हुन्छिन् । यिनै तस्वीरले उनको बेलाबेलामा भारतीय मिडियामासमेत चर्चा हुन्छ ।

हाल उनी बलिउड चलचित्र उद्योगमा अवसरका लागि संघर्षरत छिन् । उनले कतिपय हिन्दी विज्ञापन र पञ्जावी गीतमासमेत काम गरिसकेकी छिन् ।

तस्वीरहरु : अदितीको इंस्टाग्रामबाट

You might also like