भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

सिड्नी । भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ।

स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो।

भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन। रासस

You might also like