भाइरल अघोर बाबाले गरे बिहे, श्रीमाती सहित मिडियामा (भिडियो सहित)

पछिल्लो समय युट्युब लगायत विभिन्न समाजिक संजालहरुमा भाइरल बन्दै आएका अघोर बाबाले अन्ततः बिवाह गरेका छन् । कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् । आफ्नो मन मिल्ने जीवनसाथी पाएको भन्दै दुवै जनाले एकसाथ खुसी समेत व्यक्त गरेका छन् । साथै यसरी नै आउने दिनहरुमा एक अर्काले साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हसिलो र अलग तरिकाले अंग्रेजी बोल्ने हुँदा उनको कुरामा सबै मोहित हुने गर्छन। माग्ने बुढा जस्तो देखिने बाबा भनेर पनि धेरैको प्रतिक्रिया आईरहेको छ। उनको सोच र बोली सबै व्यक्तिको लागि दार्शनिक बन्ने गर्छ।जन्मे देखि बाबुआमाको अनुहारसम्म नदेखेका उनी आफुलाई भाग्यमानी ठान्छन। अभागी भनेको जन्मिदै शारीरिकरुपले अशक्त भएका हुन्छन जसको शरीरको केहि भाग नभएको हुन्छ। तर म शारीरिक देखि बौद्धिक क्षमताबाट पनि ठिक भएको कारण आफुलाई भाग्यमानी मान्छु।, ”उनले भने। राम्रो अंग्रेजी बोल्ने हुँदा उनको कुरामा सबै मोहित हुन्छन। उनी हाल काठमाडौँको सुन्दरीजलमा बस्दै आएका छन्।

उनको जन्म काठमाडौँको ब्रम्खेलमा भएको हो। बाबुआमा कोहि नभएका उनको बाल्यकाल बालश्रममा वित्यो। उनलाई एक व्यक्तिले बालआश्रममा लगेर राखिदिए। बालआश्रममा उनले ८ कक्षासम्म निरन्तर पढे। विस्तारै उनलाई आफ्नो परिवार कोहि नभएकोले एक किसिमको डिप्रेसन हुन् थाल्यो र पढाईमा मन जान छोड्यो। उनी १५ वर्षको उमेरमै आश्रम छाडेर हिडे। त्यसपछि कोठा नपाएर भौतारिदै कयौ रात सडकपेटीमा सुत्न बाध्य भए उनी । सडकपेटीमा बनेका साथिहरुले आफु मागेर उनलाई खान दिने गरेको उनी सम्झन्छन।उनले जीवनमा एक युवतीलाई प्रेमपत्रमार्फत प्रेम प्रस्ताब पनि गरेका थिए। तर प्रतिक्रियामा उनलाई आवारा, विग्रिएको केटा भन्ने आयो। उनी त्यस सम्झनालाई ‘फयांटे’ मान्छन। उनको भनाईमा यो यसको मतलब केटकेटिको प्रेम हो।

उनले आफ्नो बुबाआमाको अनुहार पनि देख्न पाएनन्। उनी भन्छन, ‘वि.स २०३६ साल तिर बसन्तपुरमा राज्यविशेष कर्फ्युमा चलेको रहेछ। त्यतिबेला सेना परिचालन हुन्थ्यो। को कता गए बाबु आमा मरे बाँचे केहि अत्तो पत्तो पाइएन।’ वास्तविक नाम यज्ञ रहेका उनलाई आफ्नो थर भने थाहाँछैन। बाबुआमाको पुर्ख्यौली घर, नाम थर केहि थाहाँभएन उनलाई। आफ्नो भन्नु कोहि नै नभएपछि निकै दुखित थिए उनी। धेरै सोचे के गर्ने, कता जाने जिन्दगी कसरी विताउने धेरै सोचे। सोच क्रमले उनलाई साधु बनायो। अहिले आफु एक्लो भएको मै खुसी लाग्ने बताउँछन्। उनी भन्छन, ‘संसारमा सबै आशावादीमा बाँचेका छन।’ आफ्नो परिवार भएको भए छोरा एकतर्फ छोरी एकतर्फ, आजकल बाबुआमालाई छोराछोरीले वेवास्ता गरेको देख्दा कोहि नभएकै ठिक लाग्ने उनको भनाई छ।

उनले आफ्नो जीवनमा भुत पनि धेरै देखेको बताउछन्। भुत, प्रेतआत्मा देखि मोहनी लाउने समेत् आज पनि हुने उनको विश्वास छ ।अहले उनी ५८ वर्षका पुगिसकेका छन् । जीवनको आधा अध्याय पार गरिसके उनले। साधु भए पनि उनी लागुपदार्थ सेवन गर्दैनन्। उनको दिन साधनामै वित्ने गर्छ। उनले जडीबुट्टीबाट सर्पले टोकेको देखि क्यान्सरसम्मको रोग निको पारेको दावी गरेका छन। उनले आफुले उपचार गरेको पैसा माग्दैनन्। अरुले स्व खुशीले दिएको मात्रै लिने उनको भनाई छ।
आखिर अघोर बाबाको जिवनसाथी को हुन् त ? हेर्नुहोस् यो भिडियो…

You might also like