अस्ट्रेलियामा सबै अखबारको पहिलोपृष्ठ कालो

एजेन्सी । अस्ट्रेलियामा सोमबार प्रकाशित सबै पत्रपत्रिकाको पहिलो पाना कालो छापियो । पत्रिकाहरुले सरकारले मिडियालाई नियन्त्रण गर्न खोजेको भन्दै विरोध गर्दै यस्तो कदम उठाइएको थियो ।

अस्ट्रेलिया सरकारको निरङ्कुस कानुन सर्वसाधारणलाई जानकारी दिनको लागि रोकिरहेको विरोधमा यस्तो गर्नुपरेको पत्रपत्रिकाले उल्लेख गरेका छन् । गत जुन महिनामा अस्टे्रलियाको एक ठूलो मिडिया समूह अस्टे्रलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी)को मुख्यालय र एक पत्रकारको घरमा छापा मारेपछि पत्रपत्रिकाहरुले यसको विरोध गर्दै सबै पत्रिकाको पहिलो पृष्ठ कालो छाडेका हुन् । ह्विसलब्लोअर्सबाट लिक भएको जानकारीको आधारमा प्रकाशित गरिएको लेखपछि त्यहाँ छापा मारिएको थियो ।

पत्रपत्रिकाको यो अभियान ‘राइट टू नो कोएलिशन’को कैयौँ टेलिभिजन, रेडियो र अनलाइन समूहहरुले पनि समर्थन गरेका छन् । पछिल्लो दुईदशकमा अस्ट्रेलिया यस्ता सुरक्षा कानुन ल्याइएको छ, जसकारण खोजी पत्रकारितालाई खतरा हुन पुगेको अभियन्ताहरुको दाबी छ । गतवर्ष नयाँ कानुन ल्याइएको थियो जसकारण मिडिया संगठन पत्रकारहरु र व्हिसलब्लोअर्सलाई संवेदनशील विषयको रिपोर्टिङ गर्न छुट दिनुपर्छ भन्दै अभियान चलाइरहेका छन् ।

सोमबार देशका ठूला पत्रपत्रिकाहरुले एकजुट भएर आफ्नो पहिलो पृष्ठमा लेखिएको सबै शब्दहरुलाई कालो मसीले पोतिएको थियो र त्यसमा एक रातो छापा लगाइएको थियो, जसमा लेखिएको थियो, ‘सिक्रेट’ । राष्ट्रिय सुरक्षाका काुननको कारण रिर्पोटिङमा अंकुश लगाइएको छ र देशमा एक ‘गोपनीयताको संस्कृति’ बनेको पत्रपत्रिकाहरुको भनाइ छ ।

सरकारले भने आफूहरु स्वतन्त्र प्रेसको पक्षमा रहेको बताएता पनि कानुनभन्दा ठूलो कोही नभएको टिप्पणी गरेको छ । एबिसी मुख्यालय र न्यूज क्यार्प अस्टेलिया नामक एक पत्रिकामा कार्यरत पत्रकारको घरमा छापा मारेपछि एकदमै विरोध भएको थियो । पत्रिकामा छापिएको रिपोर्टमा युद्ध अपराधको आरोप लगाइएको थियो जबकी एक अर्को एक रिपोर्टमा एक सरकारी एजेन्सीमा अस्टेलियाको नागरिकलाई जासुसको आरोप लगाइएको थियो ।

You might also like