हेटौंडा सडक दुर्घटना : २१ जना घाइते

काठमाडौं । रातोमाटे लच्का हेटौंडामा सडक दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने रातोमाटेमा बस दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । काकडभिट्टादेखि भैरहवा जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुनाल यातायात प्रालिको यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण चाहि बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । २१ जना घाइतेमध्ये १९ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने २ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You might also like