कालापानी र लिपुलेकबारे भारतले मुख खोल्यो

काठमाडौं । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि नसमेटेको दाबी गरेको छ । नेपाली भूमी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नयाँ नक्सामा भारतले आफ्नो बनाएको भन्दै विरोध भइरहेका बेला भारतको यस्तो प्रतिक्रिया आएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । पत्रकारले सोधेको जिज्ञासामा बोल्दै उनले नेपालसँगको सिमारेखामा कुनै हेरफेर नगरिएको दाबी गरे । ‘हाम्रो नक्सामा भारतीय संप्रभु क्षेत्र मात्रै देखाइएको छ । नयाँ नक्सामा नेपालसँगको हाम्रो सिमामा कुनै हेरफेर गरिएको छैन ।’ उनले भनेका छन् ‘नेपालसँग सीमा सम्बन्ध परम्पराजस्तै चलिरहेको छ ।’

उनले निकट र मैत्रीपूर्ण सम्बन्ध रहेको नेपालसँग यस्ता द्विपक्षीय सम्बन्धबारे वार्ताको माध्यामबाट समाधान खोज्ने उनको भनाई थियो । उनले दुई देशबीच मतभेद सिर्जन ागर्न खोजिएको भन्दै निहित स्वार्थको प्रतिवाद गर्नुपर्ने पनि बताएका छन् ।

You might also like